शब्दभण्डार
१. तल दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
(क) विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग - लगन
(ख) दुलही - बधू
(ग) नओइलाउने एक प्रकारको फूल - मखमली
(घ) असोज र कात्तिक महिनामा पर्ने ऋतु - शरद्
२. तल दिट्वएका शब्द र विपरीत अर्थबिच जोडा मिलाउनुहोस् :
रुचि = अरुचि
आय = व्यय
तरल = ठोस
सक्रिय = निष्क्रिय
सबल = दुर्बल
स्थल = सूक्ष्म
३. तल दिट्वएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाकक््यमा प्रयोग गर्नुहोस् :
खाली-रित्तो, भित्र केही नभएको : सधै खाली पेट काम बरनु राम्रो होइन ।
खालि-केवल, मात्र : घरमा कोही नभए जस्तो खालि तिमी मात्र बजार जान्छौ।
फुल- अण्डा : कुखुराले फूल पार्छ ।
फूल- पुष्प,कुसुम,सुमन : मखमली फूल ओइल्याउँदैन ।
शव-लास, मुर्दा : शव देख्दा धेरै जना डराउने गर्दछन् ।
सब- सबै, सम्पूर्ण : सब विद्यार्थी नियमित पढन आउनुपर्छ ।
यश-राम्रो ख्याति : मिहिनेती र इमानदार मानिसको सबैतिर यश फैलन्छ ।
यस- “यो” सर्वनामबाट बनने तिर्यक रूप : यसले गर्दा मेरो सबै काम बिग्रियो ।
शीत-राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोपा, ओस : जाडो महिनामा घेरे शीत पर्छ ।
सित-सँग, साथ : सीता रामसित राती नेै घर छोडेर भागिछ ।
३. तल दिट्एका प्रश्नको उत्तर भन्नुहोस् :
(क) “मेघ विजुली विवाह' कवितामा कतिओटा श्लोक छन् ?
उत्तर : “मेघ बिजुली विवाह” कवितामा छ ओटा श्लोक छन् ।
(ख) कविताका हरेक श्लोकमा कतिओटा पङ्क्ति छन् ?
उत्तर : कविताका हरेक श्लोकमा चारओटा पङ्क्ति छन् ।
(ग) कविताको कून श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ ?
उत्तर : कविताको पाँचौं श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ ।
(घ) कविताको तेस्रो श्लोकमा प्रकृतिका कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ ?
उत्तर : कविताको तेस्रो श्लोकमा प्रकृतिका पृथ्वी र हिमचुलीलाई क्रमश: तनन्ना र पगरीसँग तुलना गरिएको छ ।
४. दिड्वृएको कवितांश पढी तल सोधिएका प्रश्नको सद्क्षिप्त उत्तर दिनुहोस् :
प्रश्नहरू
(क) रातका जूनकिरी भन्नाले विवाहका सन्दर्भभा कुन करा बुभिन्छ ?
उत्तर : रातका जूनकिरी भन्नाले विवाहका सन्दर्भभा बेहुलीको सितारा जडित घुम्टीलाई बुभिन्छ ।
(ख) कवितामा इन्द्रेनीलाई कून रूपमा चिनाइएको छ ?
उत्तर : कवितामा इन्द्रेनीलाई दुलहीले लगाएका विभिन्न रङका कपडाका रूपमा चिनाइएको छ ।
(ग) विवाहमा दुलहीको रातो पछयौरीको काम केले गरेको छ ?
उत्तर : विवाहमा दुलहीको रातो पछयौरीको काम सूर्यास्त हने वेलाको घामले गरेको छ ।
(घ) तम पटल र नील कवरीले के कुरा बुभाएका छन् ?
उत्तर : तम पटलले अँध्यारो र नील कवरीले चुल्ठो बुभाएका छन् ।
५. तल दिट्ठएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) मेघ विजुली विवाहको मण्डप र चेंदुवाका काम के केले गरेका छन् ?
उत्तर : मेघ बिजुली विवाहको मण्डपको काम हरियो वनले गरेको छ । त्यस्तै कविले पहाडी शुद्खलालाई केराको थाम र चँदुवाका रूपमा चर्चा गरेका छन् । हावाले हल्लाएको हरियो वन जति सबै मण्डप भएको र त्यस माथि रहेको पहाडी शूद्खलाले केराको थाम र चेंदुवाको काम गरेर निके सुन्दर बनेको कवितामा चर्चा गरिएको छ ।
(ख) कविताको पाँचों श्लोकमा के क्रा व्यक्त गरिएको छ ?
उत्तर : कविताको पाँचौं श्लोकमा व्यक्त गरिएको कुरा :-
रुखमा चराचुरुदगीको आवाज दुलहीको पयरमा छमछम गर्दै बज्ने कल्ली भएको छ । बिजुली भिलिक भिलिक गर्दै हराउँदै गरेको दृश्य पर्दामा लुकेर लजाउँदे हेंदें गरेकी नयाँ दुलहीका रूपमा रहेको छ ।
(ग) विवाह मण्डपमा कस्ता कार्य गरिन्छन, कविताका आधारमा लेख्नुहोस् ।
उत्तर : विवाह गर्ने निश्चित पद्धतिअनुसार मन्त्रोच्चारण गरिन्छ । केराका थाम र चँँदुवाको मण्डपमा तन्ना, मखमली गरलैंचा आदि ओच्छ्याइएको ह॒न्छ । त्यसमा पुरेत विवाह गराउन र दुलाहा दुलही विवाहका लागि बस्छन् । दुलाहा पगरी गुथेर सजिसजाउ भएका हुन्छन् भने बेहुली पनि घुम्टी, विभिन्न रडका कपडा लगाएर सजिसजाउ भएर मण्डपमा बसेकी हुन्छिन् । दुलही मण्डपमा लजाएर बसेकी हुन्छिन् । विवाह मण्डपमा विवाह कार्यका साथमा जन्तीलाई भोज खुवाउने, बाजागाजा बजाएर रमाइलो गर्ने कार्य हन्छ । यसरी विवाह मण्डपमा विभिन्न कार्य गरिन्छन् ।
(घ) कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ ?
उत्तर : कवितामा कवि भरतराज पन्त प्रकृतिको मानवीकरणका माध्यमबाट वर्षा ऋतुको निके सुन्दर र मनमोहक चर्चा गरेका छन् । बाँसका इ्याङहरूमा इ्याउँकिरीको आवाज सुनिने साथै हरिया वनजड्गलले ढाकेका पहाडहरू रहेको चर्चा कवितामा गरिएको छ । मयुर लगायतका विभिन्न चराचुरुद़्गगीको आवाज सुन्दर र मनमोहक लाग्ने कुरा कविले कवितामा चर्चा गरेका छन् । मखमली गलैंचा जस्ते सुन्दर चौर, रमणीय हिमचुलीको चर्चाका साथै आकाशमा बकल्लाका ताँती उडेको दृश्य निकै आकर्षक लाग्ने कुरा कविले कवितामा गरेका छन् । यसप्रकार कविले कवितामा नेपालको सुन्दर र मनमोहक प्रकृतिको वर्णन गरेका छन् ।
६. दिद्वएको अनुच्छेद पढनुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(अ) आशीर्वादका अनन्त फूल कहाँ फक्रिन्छन् ?
उत्तर : आशिर्वादका अनन्त फूल आमाको एउटै काखमा फक्रिन्छन् ।
(आ) अन््तरिक्ष यात्रीले कविका बारेमा कस्तो अभिव्यक्ति दिएका छन् ?
उत्तर : अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट देखिने सृष्टि सौन्दर्यको वर्णन कविले मात्र गर्न सकने अभिव्यक्ति दिएका छन् ।
(इ) सृष्टिको विचित्रता केमा मुखरित हुन्छ ?
उत्तर : सृष्टिको विचित्रता कविका विचित्र वाणीमा मुखरित हन्छ ।
(ई) "कवि सष्ट्रा हो, ऊ सृष्टि गर्छ' भन्नुको आशय के होला ?
उत्तर : कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ' भन्नुको आशय कविले अरू कसैले गर्न नसकेको रचना गर्छ, विचित्रको अनुभूति सहजै वर्णन गर्छ भनिएको हो ।
अनुभूति सहजै वर्णन गर्छ भनिएको हो ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) “अन्तरिक्ष' र विचित्र” शब्दको अर्थ शब्दकोशबाट पहिचान गरी लेख्नुहोस् ।
उत्तर :
अन्तरिक्ष : पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान
विचित्र : कतैकहीं नदेखिएको, अनौठो, अद्भुत, विलक्षण, असाधारण, धेरै रदग भएको
(आ) अनुच्छेदको अन्तिम वाक्यबाट दुईओटा नाम शब्द पहिचान गर्नुहोस् ।
उत्तर : कवि, शक्ति
(इ) 'एकै धर्क प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ' वाक्यमा प्रयोग भएका विशेषण शब्द पहिचान गर्नुहोस् ।
उत्तर : एकै, प्रिय, सम्पूर्ण
(ई) अनुच्छेदबाट शब्दको सुरु र बिचमा हस्व उकार लागेका दुई दुईओटा शब्द पहिचान गर्नुहोस् ।
शब्दको सुरुमा हस्व उकार लागेका शब्द : जुन, क्रा
शब्दको बिचमा हस्व उकार लागेका शब्द : क॒हुक॒ह, अतुलनीय
७, कविताको पहिलो र दोस़ो श्लोकलाई गद्यमा रूपान्तर गर्नुहोस् |
उत्तर : पहिलो श्लोकलाई गद्यमा रूपान्तरण गर्दा :-
यो मेघ र बिजुलीको आकाशमा भएको पक्का विवाह हो । यो राम्रो ग्रहगति असारे लगनमा जुरेको छ । झ्याउँकिरीले भिमभिम गरी इयाली बॉसहरूमा बजाएका छन् । हरियो दोसलला ओढेको पहाड पुरेतको विधिमा छ ।
दोस़ो श्लोकलाई गद्यमा रूपान्तरण गर्दा :-
मयुरको बोली विवाहको वेदध्वनि पद्धति भयो । हावाले हल्लाएको सबै वन मण्डप भयो । पहाडी शूदखला केरामा थाम र चँदुवा भएर सुन्दर र शोभादायी भएका छन् ।
८. व्याख्या गर्नुहोस् :
भट्टन् पृथ्वी तन्ना, चतुर छ गरलैंचा मखमली
दुलाहाको रातो भलल पगरी भो हिम चुली ।
प्रस्तुत पद्मयांश 'मेघ बिजुली विवाह” शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका कवि भरतराज पन्त (वि.सं.१९८६-२०६५) हन् । 'दोभान' महाकाव्यका रचनाकार पन््त छुन्दवादी कविका रूपमा परिचित छन् । यिनी परिष्कारवादी धाराका प्रगतिवादी चिन्तन भएका कवि हन् ।
प्रस्तुत पद्मांशमा कविले मेघ र बिजुलीको विवाहको मानवीकरणका साथमा प्रकुतिका अन्य विभिन्न रूपहरूलाई समेत मानवीकरण गरेर प्रस्तुत गरेका छन् । कवि पन््तले पृथ्वीलाई तन्नाको रूपमा वर्णन गरेका छन् । त्यस्तै चौरलाई मखमली गलैंचा भनी वर्णन गरेका छन् । त्यस्तै पद्मांशमा कविले हिमचुलीको भिलीमिली सुन्दरतालाई दुलाहाले टोपीका सट्टामा टाउकोमा गुथ्ने पगरीका अर्थमा कवितामा वर्णन गरेका छन् । यसरी माथिको पद्मांशमा कविले प्रकृतिका विभिन्न स्वरूपलाई विवाहमा हने गतिविधिका रूपमा वर्णन गरी कवितालाई रोचक बनाएका छन् साथै प्रकृतिको मनमोहक वर्णनसमेत गरेका छन् ।
९. “मेघ बिजुली विवाह' कवितामा व्यक्त भाव बताउनुहोस् ।
प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित "मेघ बिजुली विवाह” प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् । कवि भरतराज पन्तले आफ्नो कल्पनाशक्ति र बौद्धिकताको उच्चतम् प्रयोग गरी प्रकृति तथा पूर्वीय संस्कृतिप्रति अगाध श्रद्धा व्यक्त गरेका छन् ।
कविले कवितामा प्रकृतिका विभिन्न वस्तु वा दृश्यलाई वैदिक विधिअनुसार विवाह सम्पन्न गर्ने क्रममा आवश्यक भूमिकामा प्रस्तुत गरेका छन् । कविले पृथ्वीलाई तन्ना, हरिया चहुरलाई मखमली गलैंचा, हरियो पहाडलाई पण्डित, हिम चुलीलाई दुलाहाको पगरी, मयुरको बोलीलाई वेदका ऋचा वा मन्त्र, पानी पर्दा बाँसका इ्याडहरूबाट आउने मधुर भिमकमिम आवाजलाई इयालीको सड्गीतमय आवाज, हावाले हल्लिएको 'बनलाई विवाह मण्डप, पहाडका चुचुरालाई केराका खाम तथा चौका चँदुवाका रूपमा प्रस्तुत गरिएको छ । कविले आकाशमा चाहाराको खोजीबाट बासस्थानतर्फ उडेका बकललाका ताँतीलाई रसिक जन््तीको संज्ञा दिएका छन् ।यसैगरी निशामा चमचम मधुर प्रकाशसहित चम्कने जूनकिरीलाई दुलहीको सितारे घुम्टी,सप्तरडगी इन्द्रेनीलाई दुलहीका कपडा, अस्ताउँदो रवि किरणले रक्तिम देखिएको पश्चिम गिरिलाई दुलहीको आँचल वा खास्टो, रात्रीको अन्धकारले ढ़ाकिएको आवरणलाई दुलहीको कालोकेशरासीसहितको चुल्ठोका रूपमा प्रस्तुत गरेका छन् । चराचुरुढ़गीको मधुर वाणीलाई दुलहीको पयरमा लगाइएका कललीको मिठासपूर्ण आवाजका रूपमा चित्रण गरेका छन् । वेलावेला भिलिकभिलिक गरी चम्कने बिजुलीलाई हर्ष, उमड्ग, उत्साह, आवेग तथा डर, भय मिश्रित नव वधूको लज्जायुक्त मुस्क्रावटका रूपमा प्रस्तुत गरिएको छ ।
मेघ र बिजुलीको विवाहा उत्सवको समाप्ती पश्चात सारा जगतलाई अन्नको भोज खुवाएर आफ्नी दुलही रानीलाई लिएर मेघरूपी दुलाहा रस्वास्वादनका लागि शरद “ऋ्तुतर्फ प्रस्थान गरेको बताइएको छ ।
अत: कविले मेघ र बिजुलीको विवाह उत्सव र वर्षा पश्चात अन्नको उत्पादन हुने सबै प्राणीको भरण पोषण हने करा बताऊँदै कर्म र श्रमले धर्ती सजाउन सके .....
१०. “मेघ बिजुली विवाह” कवितामा मेघ र बिजुलीलाई दुलहा दुलहीका रूपमा चित्रण गरिए जस्तै अन्य कुन कुन विषयवस्तुलाई के केसँग तुलना गरिएको छ ?
उत्तर :
- इयाउँकिरीको आवाज :- इयाली
- हरियो वन :- दोसल्ला
- पहाड :- पुरेत
- मयुरको बोली :- वेदध्वनि
- जड्गल :- मण्डप
- पहाडी शूद्खला :- केराका थाम र चेंदुवा
- पृथ्वी :- तन्ना
- चौर :- मखमली गर्लैंचा
- हिमचुली :- दुलाहाको पगरी
- बकुल्लाका ताँती :- जन्ती
- जूनकिरी :- सितारे घुम्टी
- इन्द्रेनी :- बेहलीका
- कपडाहरू रातको अँध्यारो :- दुलहीको चुल्ठो चराचुरुद़्गगीको
- आवाज :- पाउजुको आवाज
- बिजुलीको चम्काइ :-दुलहीको लजालु स्वभाव ।
११. आकाश गर्जी बिजुली चम्किंदा एक्कासि तपाईंको मनमा कस्तो भाव उत्पन्न होला, साथीहरूका बिचमा छलफल गर्नुहोस् ।
नोट: यहाँ सामान्य मानिसको धारणा दिइएको छ तर तपाईले आफ्नो Idea लिनु होला र तपाईलाई कस्तो लाग्छ लेख्नु होला ा
उत्तर :
आकाश गर्जिएर बिजुली चम्कँदा हरेक मानिसमा एक्कासि भय, डर र त्रासको भाव पैदा हन्छ जुन स्वभाविक हुन्छ । तर सँगसँगे हुने वर्षलि एकाएक हर्ष, खुसी, उत्साह, उमड्ग उल्लासको भाव पैदा हुनाले मानिसलाई आआफ्नो कर्ममा जुटने हौसला र प्रेरणा प्राप्त हन्छ
११. तल दिह्वएका विषय सन्दर्भभा साथीहरूबिच छलफल गर्नुहोस्:
नोट: यहाँ सामान्य मानिसको धारणा दिइएको छ तर तपाईले आफ्नो Idea लिनु होला र तपाईलाई कस्तो लाग्छ लेख्नु होला ा
क) भमभम पानी परेको स्थिति:
जताततै हिलो हुने, सिकसिको लाग्ने, दैनिकी कष्टकर हुने, वस्तुभाउ पालने किसानहरूलाई घाँस पानी जुटाउन कठिन हुने तर कृषि प्रदान मुलुक भएकाले कृषकहरूका लागि मानु रोपेर मुरी फलाउने अवसर प्राप्त हुने, उत्साह, उमड्ग पैदा हने, आफ् बाँचेर अरूलाई बचाउने कर्मशीलहरूमा उत्साह पैदा हुने सक्रियता बढ़ने ।।।।।।
१३. नेपाली वर्णमालामा राखिएका वर्णको क्रम र नेपाली शब्दकोशमा राखिएका वर्णको क्रम पढनुहोस् अनि दिई्ठएका प्रश्नको उत्तर दिनुहोस् :
(क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ कन कन वर्णपद्धि आउँछन् ?
उत्तर : शब्दकोशको क्रममा क्ष “क" पछ्धि, त्र “त" पछि र ज्ञ “ज" वर्णपछि आउँछन् ।
(ख) कर, कंस, काम, कृषि, क्यारे, क्षय शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस् ।
उत्तर : शब्दकोशको क्रमअनुसार लेख्दा- कंस, कर, काम, क््यारे, कृषि, क्षय ।
(ग) आफनो कक्षाका पाँच जना साथीहरूको नाम लेख्नुहोस् र तिनलाई नेपाली शब्दकोशको क़मअनुसार मिलाउनुहोस् ।
उत्तर : अक्षय, कमला, सीता, हरि, ज्ञानविक्रम ।
(घ) पृथ्वी, ताँती, घुम्टी, श्रुति, ऋतु, किरण शब्दको अर्थ शब्दकोशबाट खोजी कापीमा लेखेर साथीहरूबिच छलफल गर्नुहोस् ।
उत्तर :
पृथ्वी :-ढुड्डगा,माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह,भूमि, धर्ती, पृथिवी/पृथ्वी, जल, तेज, वायु र आकाश - यी पञ्च महाभूतमध्ये एक ।
ताँती :-पड़क्ति, लर्को, लहर /आरबाजो, सारडगी आदिमा हालिने बाख्नाको आन्द्रो बाटेर बनाइएको तार ।
घुम्टी :-बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको भलभल गर्न मूल्यवान् पछयौरा ।
श्रुति :-सुन््ने इन्द्रिय, कान/सुन्ने काम वा कुरो ,श्रवण/ वेद ।
ऋतु :-प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय» प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन 'ग्रीष्म, वर्षा, वसन्त, शरद, हेमनत, शिशिर) ।
किरण :-प्रकाशमय पुजञ्ज (सूर्य, चन्द्र,बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा, चम्किला वस्तुबाट चारैतिर फिंजिने उज्यालो रेखा, ज्योति, रश्मि, प्रभा, कान्ति, तेज ।